
काठमाडौं । उज्यालो नेपालका अध्यक्ष समेत रहेका काठमाडौं–३ का उम्मेदवार कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा पराजय स्वीकार गर्दै विजयी उम्मेदवार रास्वपाका राजु पाण्डेलाई बधाई दिएका छन् ।
‘प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–३ बाट विजय हासिल गर्नु भएका राजु पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नु भएका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ।’
उनले आगामी दिनमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन् , ‘चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि सक्रिय रहनेछु। साथै मेरा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई अभियानमा दिनुभएको अथक मेहनत, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ। हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौं।’
रास्वपाका पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर सानदार जित निकालेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११हजार १७१ मत प्राप्त गरे । पाण्डे र घिसिङबीचको मतान्तर ७ हजार ५८६ रहेको छ।








प्रतिक्रिया