सम्पूर्ण अपडेट

काठमाडौं-३ मा राजु पाण्डेको सानदार जित, हारे कुलमान

3.4k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले भारी मतान्तरले जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर सानदार जित निकालेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११हजार १७१ मत प्राप्त गरे । पाण्डे र घिसिङबीचको मतान्तर ७ हजार ५८६ रहेको छ।

यस क्षेत्रमा पुराना र ठूला भनिएका दलहरू निकै कमजोर देखिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत मात्र पाएका छन् भने नेकपा एमालेका रामेश्वर फुयाल ३ हजार ८१६ मतमा सीमित भएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहोराले ८४१ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं ३ मा कुल ६४ हजार ४७९ मतदाता रहेकोमा ४३ हजार ७०३ मत खसेको थियो । जसमा ४१ हजार ९१९ मत सदर भएको छ भने १ हजार ७८४ मत बदर भएको छ ।