
अछाम । सुदूरपश्चिम प्रदेशको अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले सुरुवाती अग्रता लिएका छन् ।
प्राप्त विवरण अनुसार एमालेका यज्ञ बहादुर बोगटीले ७२६ मत प्राप्त गर्दै आफ्नो अग्रता सुरक्षित गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहले ४३३ मतका साथ पछ्याइरहेका छन् । बोगटी र शाहबीचको मतान्तर २९३ रहेको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुपदेव शाह ३५५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका बल बहादुर कुँवरले २२४ मत प्राप्त गरेका छन् । शाह काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहका स्वकीय सचिव हुन् ।








प्रतिक्रिया