सम्पूर्ण अपडेट

लमजुङ अपडेट: कांग्रेसको अग्रता, एमालेका पृथ्वीसुब्बा तेस्रो, रास्वपाले कति भोट पायो ?

658
Shares

लमजुङ । प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना कार्य सुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिनुभएको छ ।

हालसम्म गणना गरिएको ४९५ मत मध्ये मुख्य उम्मेदवारहरूको अवस्था यस्तो छ:
गमप्रसाद गुरुङ (नेपाली कांग्रेस): ७७९ मत (अग्रता)
पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले): ४१२ मत
धर्म केसी (राष्ट्रिय स्वतन्त्र पार्टी): ७३८ मत

बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लमजुङमा कुल १ लाख ३७ हजार १२४ मतदातामध्ये ७६ हजार ६३१ मत खसेको थियो। अहिले प्रारम्भिक चरणको गणना जारी रहेको र प्रतिस्पर्धा निकै रोचक देखिएको छ।