
काठमाडौं । एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन् । सन् २०२१ मा स्थापना भएको आउटलेटलाई पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ । यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो । एसजे मोटो र हिमालयन जाभा पोखरामा पहिलो संयुक्त आउटलेट सञ्चालनमा आइसकेको छ ।
काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक-आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन् । यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’को रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।
यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएको बताए । ‘दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं,’ उनल भने ।
लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन होस्— नयाँ स्वरूपको यस एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया