विनी इन्टरनेशनल एफजेडई दुबईले लबिम मलमा ल्यायो फर यू

56
Shares

काठमाडौं । लक्जरी परफ्युमको क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी इन्टरनेशनल एफजेडईले आफ्नो प्रिमियम एक्सपेरियन्स जोन फर यू को उद्घघाटन गरेको छ । यसको सुरुवात सन् २०२६ फेब्रुअरी १६ का दिन काठमाडौं उपत्यकास्थित लबिम मलको भुइँ तल्लामा सम्पन्न भयो ।

यो उद्घघाटनले नेपालको बहु प्रतिष्ठित परफ्युम बजारमा कम्पनीको विस्तार र एक महत्वपूर्ण कोशेढुङ्गालाई संकेत गरेको कम्पनीले जनाएको छ । यस समारोहमा विनी इन्टरनेशनल फएजेडईका सेल्स डाइरेक्टर अहसान खुन्दकर, कन्ट्री म्यानेजर श्री रणधीर सिंह, नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो ।

उद्घघाटनका क्रममा रणधीर सिंहले भने, ‘फर यू केवल एउटा आउटलेट मात्र नभएर यो एक इमर्सिभ अनुभव केन्द्रू हो, जहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका विभिन्न उत्कृष्ट उत्पादनहरूको संग्रहको अनुभव लिन सक्नेछन् । यहाँका प्रत्येक सुगन्धलाई हरेकको व्यक्तित्वसँग मेल खाने गरी विशेष रूपमा तयार गरिएको छ, जसले दुबईको परफ्युम कलाको परिष्कृत अनुभवलाई नेपालको मुटुसम्म ल्याएको छ ।’

अहसान खुन्दकरले थपे, ‘हामी यस्तो अनुभव प्रदान गर्दैछौं जहाँ सुगन्ध प्रेमीहरूले आफ्नो व्यक्तिगत र प्रिमियम पहिचान झल्काउने सुगन्धहरू प्राप्त गर्न सक्नेछन् । उहाँले कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद दिँदै समारोहको समापन गर्नुभएको थियो ।’

Skip This