
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियानका क्रममा अछाममा एक सहभागी बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला जिल्ला सदरमुकाम मंगलसेनमा बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामकाका अनुसार आज बिहान गाडीबाट ओर्लिने बित्तिकै सिटौला अचानक ढलेका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । सिटौलालाई लिन हेलिकोप्टर अछाम पुगिसकेको प्रहरीले जनाएको छ ।
नेता बालेन शाह यतिबेला सुदूरपश्चिमका जिल्लाहरूमा चुनावी अभियानमा व्यस्त छन् । सुदूरपश्चिमको कार्यक्रम सकेर उनी अछाम हुँदै कर्णाली प्रदेशतर्फ लाग्ने कार्यतालिका रहेको छ ।








प्रतिक्रिया