
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवेदन परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।
विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिको २०८३ जेठ ६ को निर्णयअनुसार प्रकाशित सार्वजनिक सूचना बमोजिम आवेदन आह्वान गरिएको थियो । उक्त सूचनाअनुसार आवेदन दिने अन्तिम मितिसम्ममा अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जना गरी कुल ३२ जनाको आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
अध्यक्ष पदका उम्मेदवारहरू:
अध्यक्ष पदका लागि आवेदन दिने १० जनामा ई. रुद्र प्रसाद गौतम, केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वर प्रसाद कलवार, मधुप्रसाद भेटुवाल, मोती बहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा र डा. शान्तीकला सुवेदी रहेका छन् ।
सदस्य पदका उम्मेदवारहरू:
सदस्य पदका लागि २२ जनाको आवेदन परेको छ । जसमा डा. शेखर अर्याल, राजिव कुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेश बहादुर भट्टराई, प्रकाश जवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्र सिंह भण्डारी, नारायण प्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तीकला सुवेदी र कुशेश्वर प्रसाद साहु रहेका छन् ।









प्रतिक्रिया