
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
लामिछाने बिहीबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा सुधार आएपछि उनी डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ । उनी केहीदिन घरमै आराम गर्ने छन् ।
लामिछानेको खुट्टामा समस्या आएपछि मंगलबार अस्पताल भएका थिए।
माघ ५ गते जनकपुरको कार्यक्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो । केही दिनको सामान्य उपचार गर्दा निको नभएपछि उनी टिचिङ अस्पताल पुगेको थिए ।








प्रतिक्रिया