बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ


स्याङ्जा । बिरुवा गाउँपालिका–१ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा महेन्द्रनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार माघ १३ गते बिहान बैंकमा ड्युटीमा रहेका ४६ वर्षीय शेरबहादुर थापामाथि श्रेष्ठले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेका थिए ।

घटनापछि गरिएको खोजतलासका क्रममा भोलिपल्टै आरोपीलाई बिरुवा बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते थापाको उपचार जारी छ।