
काठमाडौं । राजधानीमा निर्माण क्षेत्रसम्बन्धीत नेपाल बिल्डकनको एघारौँ संस्करणको आयोजना हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा माघ २२ देखि २५ गतेसम्म नेपाल विल्डकनको आयोजना गरिएको हो । एघारौं संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन् ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्तरुपमा आयोजना गरेको बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिललगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवा उपलब्ध गराउने व्यवस्था गराइएको छ ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट एवं निर्माण सँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरुका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संध संस्थाका र सर्वसाधारणहरुको पनि उल्लेखनीय उपस्थिति रहने छ ।








प्रतिक्रिया