पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


काठमाडौं । पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती पूजाको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदापुरका १८५, श्री पशुपति मावि घियागाउँका ३०२ र नेपाल राष्ट्रिय मावि पिडारीका ३१० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरी, पाठ्यपुस्तक र कर्नर लाइब्रेरी प्रदान गरिएको छ ।

सो अवसरमा पियोर इनर्जीका प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो ।

पियोरले शैक्षिक सामग्री प्रदान गरेपछि विद्यार्थीले खुसी व्यक्त गरेका छन् । सौर्य ऊर्जा कम्पनीले बालबालिकाको शिक्षामार्फत समाजप्रतिको दायित्व बहन गरेको भन्दै प्रशंका गरेका थिए ।

पियोर इनर्जीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुबै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो ।