भारत आइपुगिन् युरोपेली आयोगकी अध्यक्ष, महत्त्वपूर्ण भ्रमण


एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन राजकीय भ्रमणका लागि शनिबार नयाँ दिल्ली आइपुगेकी छन् ।

वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले उनलाई स्वागत गरे । वाणिज्य तथा उद्योग र इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले उर्सुला भोन डेर लेयेनलाई स्वागत गरे ।

उर्सुला भोन डेर लेयेनको भारत भ्रमणका क्रममा युरोपसँग अत्यन्त महत्त्वपूर्ण एफटीए सम्झौता हुने सम्भावना छ ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन ७७औँ गणतन्त्र दिवस समारोहका मुख्य अतिथि हुन् ।

भारतीय परराष्ट्र मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार, दुवै नेताले २७ जनवरी २०२६ मा १६औँ भारत-युरोपेली संघ शिखर सम्मेलनको सह-अध्यक्षता पनि गर्नेछन्।