आज पनि सुनको मूल्यमा रेकर्ड, कति पुग्यो?

2.7k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ । यो अहिलेसम्मको सुनको मूल्यको सबैभन्दा धेरै हो।

यसअघि सोमबार सुत तोलाको २ लाख ७४ हजार ७०० मा कारोबार भएको थियो जुन अहिलेसम्मकै उच्च मूल्य हो । मंगलबार सोमबारको तुलनामा १ हजार ८०० ले बढ्दै सुनले नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

सोमबार ५ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज ५ हजार ३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।