नवौं वर्षमा स्लाइस जबको नयाँ सुरुवात, सेवा दायरा विस्तार र जब रेडि ट्रेनिङ प्रोग्राम घोषणा


काठमाडौं । स्लाइस जबले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा सेवा संरचना विस्तार गर्दै जब–रेडि ट्रेनिङ प्रोग्राम सुरु गर्ने घोषणा गरेको छ । नेपालमा मानव संसाधन सेवा क्षेत्रमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित स्लाइस जबले स्थापना कालदेखि नै हजारौं युवाहरूलाई रोजगारी अवसरसँग जोड्दै तथा विभिन्न संस्थाहरूलाई योग्य र दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले अब प्रशिक्षण, सीप विकास र रोजगार जोड्ने संरचित प्रणालीका माध्यमबाट नेपाली रोजगार बजारलाई अझ व्यवस्थित र परिणाममुखी बनाउन योगदान पुर्‍याउने लक्ष्य अघि सारेको हो ।

यस अवसरमा कम्पनीका प्रमुख कृष्ण दाहालले भने, ‘९ वर्षको यात्रामा पाएका अनुभव र विश्वासले स्लाइस जबलाई अझ जिम्मेवार बनाएको छ। नयाँ सेवा विस्तार र जब–रेडि ट्रेनिंग प्रोग्राम मार्फत हामी नेपाली युवालाई रोजगार–तयार बनाउन तथा संस्थाहरूलाई अझ दक्ष जनशक्ति उपलब्ध गराउन केन्द्रित हुनेछौं ।’

यस कार्यक्रमअन्तर्गत उद्योगको आवश्यकता अनुरूप तालिम, व्यावहारिक सीप विकास र रोजगार अवसरमा सीधा जोडिन सहयोग गर्ने संरचित प्रशिक्षण प्रणाली सञ्चालन गरिने कम्पनीले जनाएको छ । स्लाइस जबले आगामी दिनमा पनि आधुनिक, व्यवस्थित र ब्रान्ड–केन्द्रित मानव संसाधन समाधान निरन्तर प्रदान गर्दै नेपालका निजी तथा संस्थागत क्षेत्रमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।