क्यासिनोको संख्या बढेसँगै थप कडाइ गर्दै सरकार, २ लाखको कारोबारमै विवरण अनिवार्य


सरकारले धमाधम क्यासिनोको लाइसेन्स बाँडेको आरोप लागिरेहेको बेला यसको दीर्घकालीन स्थायित्व र सञ्चालनमा सहजता गर्न नसकेको सरकारले क्यासिनोबाट रोयल्टी अशुल गर्ने तथा राजस्व कसेर बस्ने बाहेक थप सहजीकरण गर्न नसकेको आरोप लागिरहेको छ । पछिल्लो समय सरकारले क्यासिनो सञ्चालनमा गरिरेको कडाइले २०७० अगाडि जुन कारणले बन्द अब फेरि त्यही नियति भोग्न नपरोस् भन्ने माग क्यासिनो सञ्चालकहरुले गरिरहेका छन ।

काठमाडौं । विदेशी पर्यटकलाई मनोरञ्जनको गतिविधि प्रदान गर्न खुलेका क्यासिनो संख्या बढ्दै गएसँगै सरकारले थप कडा ब्यवस्था पनि कार्यान्वयन गराइरहेको छ ।

सरकारले आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था)लार्य जारी गरेको निर्देशन २०८२ लाई संशोधन गरेको छ । पर्यटन विभाग अन्तर्गत भएको उक्त संशोधनबाट अब २ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्ने ग्राहकको विवरण अनिवार्य राख्नुपर्ने छ ।

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको हो । यस अघि पटक पटक गरेर दैनिक १० लाख रुपैयाँभन्दा बढीको नगर करोबार गर्नेको हकमा मात्रै ग्राहक पहिचानको विवरण अनिवार्य राख्नुपर्ने थियो।

यो व्यवस्थाले क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत बनाउने दाबी पर्यटन विभागको छ । विभागले यसअघि मंसिरदेखि सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई उक्त निर्देशन अनिवार्य कार्यान्वयन गर्न सूचना जारी गरेको थियो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले जारी गरेको निर्देशन पालना गर्दै जाँदा क्यासिनो सञ्चालन थप कडा हुँदै गएको छ ।

यसअघि मंसिर १ गतेदेखि नै लागू हुने गरी सरकारले क्यासिनोलाई १२ बुँदे निर्देशन जारी गरेको थियो । उक्त निर्देशन अनुसार सञ्चालनमा रहेका सबै क्यासिनोहरुले सबै खेलाडीहरुको वायोमेट्रिक सुरक्षित राख्नुपर्ने र विभागले मागेको समयमा उपलब्ध गराउनुपर्नेदेखि आकस्मिक लाभकरको प्रमाणपत्र तुरुन्तै जारी गरेर आन्तरिक राजस्व विभागमा जानकारी दिनुपर्नेसम्मको निर्देशन दिएको थियो ।

मंसिरदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने, क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी लाई जारी गरेको निर्देशन अनुसारको विवरण नियमित रुपमा विभागमा पेश गर्नुपर्ने उल्लेख थियो ।

क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरूप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने, क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सीसीटीभी क्यामेराको अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने व्यवस्था छ ।

चार र पाँच तारे होटलमा सञ्चालिन क्यासिनो र तीन तारे होटलमा मिनि क्यासनो सञ्चालन गर्न हुँदै आएका छन् । यसमध्ये हाल नेपालमा पाँच तारे होटलमा सञ्चालित क्यासिनोको संख्या २५ वटा पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार २४ वटा क्यासिनो छ । त्यसपछि यो वर्ष केशरमहलमा रहेको होटल बाराहीमा थपिएको बादशाह क्यासिनो विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छैन ।

एक क्यासिनो व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने सरकारले लाइसेन्स बाँडेको बाँड्यै गर्ने र नियमनमा मात्रै कडाई गर्ने मात्रै गरेको छ । नेपालमा विदेशी पर्यटक भित्र्यान सहजीकरण गर्ने, पर्यटकलाई सहजीकरण गर्ने भन्दा पनि सरकार नै क्यासिनोबाट राजस्व र रोयल्टीय मात्रै अशुल गर्न लागिपरेको छ ।