काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको श्री एयरको विमान अवतरण हुन नसकेपछि ‘डाइभर्ट’

3.4k
Shares

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको विमान अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।

काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिएर गएको श्री एयरलाइन्स र बुध्द एयरको विमान अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएको हो ।

विहान ११ बजेको उडान तालिका भए पनि श्रीको जहाज अपराह्न ४ बजेमात्र विमान काठमाडौंबाट उडेको थियो भने त्यस लगत्तै बुध्दको विमान पनि गएको थियो । विमान भैरहवास्थित विमानस्थलमा ल्यान्ड गर्ने तयारी भए पनि मौसम नखुल्दा काठमाडौं नै फर्किएको हो ।

मौसम प्रतिकुल बन्दा तराईका विमानस्थलहरुमा उडान र अवतरण प्रभावित भएको छ ।