आज एकैदिन ४६ सयले बढ्दा सुनको मूल्य कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको हो ।

आज चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।