
काठमाडौं । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको लगानीमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रिसोर्ट निर्माण भइरहेको छ । रिसोर्ट निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सन् २०२३ मा स्थापना भएको ‘लस्ट होराइजन जंगल रिसोर्ट’को निर्माण कार्य हालसम्ममा ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।
कम्पनीले रिसोर्ट निर्माणका लागि १ अर्ब ३२ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीले उक्त रिसोर्टमा ६० वटा कोठाको सुविधा दिने जनाएको छ ।
कम्पनीले रिसोर्ट निर्माणका लागि ६९:३१ लगानीको अनुपात राखेको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई ९१ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएको छ भने बाँकी रकम लगानीकर्ताले लगानी गर्ने भएको छ ।
कम्पनीले हालसम्ममा कर्जाको ४९ करोड ४० लाख रुपैयाँको व्यवस्थापन भइसकेको छ । साथै, लगानीकर्ताले प्रतिबद्धताको ३१ करोड रुपैयाँ पूँजी व्यवस्थापन गरिसकेको छ ।
कम्पनीले डिलक्स रुम, सुइट रुम, भिल्ला र टेन्ट गरी ६० वटा कोठाको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याउने जनाएको छ । रिसोटएमा रेष्टुरेन्ट, जिम, ज्याकुजी, स्वीमिङ पुल, स्पा र ब्याङ्क्वेटको सुविधा हुने रेटिङमा उल्लेख गरेको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ९२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सिंगापुरको जेनेरिक इन्भेष्टमेन्ट प्रालिसँग ब्रान्ड लाइसेन्स सम्झौता गरेको छ ।
कम्पनीले एटमोसफियर होटल एन्ड रिसोर्टको ब्रान्ड लाइसेन्स प्रदान गरेको छ । बनेपामा बनिरहेको रिसोर्ट ‘आरुन्या नेचर रिसोर्ट बाई एटमोसफियर ब्रान्ड’मा सञ्चालन हुनेछ ।








प्रतिक्रिया