
काठमाडौं । वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ परेका छन् ।
ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक नागरिक च्यान मिन चिङ्गलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनलाई क्यासिनोमा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । क्यासिनोमा खेलाडीहरूले आँखामा लेन्स र म्याग्नेट ताससहित खेलाइएको थियो । भारतबाट पेशेवर खेलाडी ल्याएर उक्त इभेन्ट आयोजना गरिएको थियो ।
वाल्डो क्यासिनोमा डिसेम्बर ११ देखि १४ सम्म उक्त इभेन्ट आयोजना गरिएको थियो । उक्त दिनको इभेन्ट महाकाया ग्रुपले आयोजना गरेको थियो ।
महाकाया ग्रुपले भारतबाट आएका क्यासिनो खेलाडीलाई काठमाडौंका विभिन्न होटलमा राखिएको थियो । खेलाडीलाई हवाई टिकट फ्रि उपलब्ध गराएर ल्याइएको थियो ।
यसअघि प्रहरीले क्यासिनोबाट ६ जनालाई पक्राउ गरिसकेको छ ।








प्रतिक्रिया