
काठमाडौं । एमएस ग्रुपको तेस्रो होटल सञ्चालनमा आएको छ । काठमाडौंको कमलादीमा बनेको यो होटलको व्यवस्थापन म्यारियटले लिएसँगै मोक्सी होटल शुक्रबारबाट सञ्चालनमा आएको एमएस ग्रुपका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।
करिब २ अर्ब रुपैयाँ लगानीमा बनेको १०१ कोठाको यो होटल चार तारे प्रिमियम हुने छ । यस अघि ठमेलमा म्यारियटको चारतारे र नक्सालमा ५ तारे होटल सञ्चालन गरिरहेको यो समूहले म्यारियटकै व्यवस्थापनमा तेस्रो होटल सुरु गरेको हो ।
एमएस ग्रुप अन्तर्गतको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले यसलाई निर्माण गरेको हो । यो होटल होटल मेरियटअन्तर्गतको चेन होटल मोक्सी ब्रान्डमा सञ्चालन भएको छ। कमलादीमा गरेको होटलमार्फत मोक्सी ब्राण्ड नेपाल प्रवेश गरेको हो ।

होटलमा विभिन्न आधुनिक सुविधाको सेवा छ । होटलमा स्वीमिङ पुल, हेल्थ क्लब, ब्यूटी स्पा र सैलुन छन् ।
एमएस ग्रुप व्यवसायी शशीकान्त अग्रवालको हो । मोक्सी होटल सन् २०२५ सम्ममा निर्माण भइ सञ्चालनमा आउने पूर्वनिर्धारित योजना थियो । कोरोना महामारीले काम प्रभावित पारेकोले योजनाअनुसार काम सकिएको हुँदा सञ्चालनमा केही समय ढिलो भएको होटलकै बुझाइ छ । यो होटल २०२५ कै अन्तिम महिनामा होटल सञ्चालन गर्न सक्नुलाई निकै ठूलो लगाव र मेहनत भएको एमएस ग्रुपको बुझाइ छ ।
विशेष गरी युवाहरूलाई लक्षित गरेर भएको यो होटल परम्परागत भन्दा फरक र ह्यापेनिङ हुने छ । होटलमा बार,अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ । फिटनेस सेन्टर, आउटडोर पुलसहितका सुवधा होटलमा हुने छ ।









प्रतिक्रिया