२ अर्ब लागतमा कमलादीमा मेरियटकै स्ट्यालिस बजेट होटल ‘मोक्सी’ आउँदै



तस्बिर- मेरियट होटल, कमलादी

काठमाडौं । नक्सालमा सञ्चालित विश्वप्रसिद्ध चेन होटल मेरियटले आफ्नै व्यवस्थापनमा मेरियटकै नयाँ होटल ‘मोक्सी’ सञ्चालनमा ल्याउने भएको छ । मोक्सी स्ट्यालिस बजेट होटलका रुपमा परिचित छ ।

कमलादीमा रहेको मेरियटका सञ्चालक शशिकान्त अग्रवालले मोक्सी कमलादीमा रहनेछ । जसको निर्माण एक सातापछि शुरु गरिने उनले जानकारी दिए ।

‘मेरियटका धेरै ब्राण्डमध्ये यो पनि एक हो, जसमध्येको मोक्सी पनि एक हो,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

शशिकान्त अग्रवाल, सञ्चालक

मुलुकमा पर्यटनको विकास भइरहेको र आगामी दिनमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढोत्तरी हुने अपेक्षामा यति ठूलो लगानी गर्न लागेको उनले बताए ।

उनले पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल र समग्र पर्यटन क्षेत्रमा असर परे पनि आगामी दिनमा निकै राम्रो भएको उनको भनाइ छ ।

तस्बिर- मेरियट होटल, कमलादी

उनका अनुसार कमलादीमा बैंक अफ काठमाडौंको छेउमा रहेको २ रोपनी क्षेत्रफल जग्गामा होटल निर्माण गरिनेछ । जसका लागि २ अर्ब रुपैयाँ लागत लाग्नेछ । कुल लगानीमध्ये ८० प्रतिशत लगानी विश्वबैंकले गर्ने उनले जानकारी दिए ।

हाल होटलको निर्माणका लागि डिजाइनको काम सकिएको र एक सातापछि निर्माण कार्य शुरु हुनेछ । यो होटल मेरियटका अन्य ब्राण्डको तुलनामा निकै फरक भएको र युवाहरुलाई आकर्षित गर्न लक्षित भएको उनको भनाइ छ ।

होटल निर्माणमा नेपालीपन झल्कने गरी डिजाइन गरिएको छ । जसमा नेपाली सस्कृति, परम्परा झल्कने सामग्रीहरु राखिनेछन् ।


क्लिकमान्डु