इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न

35
Shares

काठमाडौं । इटहरी इन्टरनेशनल कलेजले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा कलेजले लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरेको थियो । कलेजका अनुसार छात्रवृत्तिहरू विद्यार्थीहरूको परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो।

आइएनजी कलेज समूहले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ–समर्थन रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता रहेको बताए ।

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले आइएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई उल्लेख गर्दै कलेज र विद्यार्थीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको कार्यक्रममा स्नातकहरूको उपलब्धि र भविष्यका सम्भावनाबारे चर्चा गरिएको थियो ।