सुन चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

1.8k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।

हिजो (बिहीबार) सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला ३ हजार ५५५ रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।