
काठमाडौं । भगवती स्टिल इन्डष्ट्रिजको व्यापार ४६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४६ प्रतिशतले घटेको हो ।
सन् २०२४ मा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले २०२५ मा १ अर्ब ६६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीअनुसार गत आवमा उत्पादन गरेको सामग्रीको बिक्रीमा कमी आउँदा व्यापारमा गिरावट आएको उल्लेख छ । कम्पनीको गत आवमा क्षमताको उपयोग १४ प्रतिशत मात्रै भएको जनाएको छ । सन् २०२४ मा ३३ प्रतिशत उपयोग भएको थियो ।
कम्पनीले गत आवमा ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सन् १९९१ मा स्थापना भएको कम्पनीले पाइप, सिट, झ्यालढोकाको फ्रेम, शटर प्रोफाइल, साइड चयानल, ट्रस, पोल र टावर उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ५९ हजार मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले गत आवमा गरेको व्यापारमध्ये टेलिस्कोपिक/टबलर पोलको मात्रै ४० प्रतिशत हिस्सा रहेको छ । सन् २०२४ मा उक्त सामग्री हिस्सा ७० प्रतिशत थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीमा तीन जना बोर्ड निर्देशक छन् । कम्पनीका अध्यक्ष सुमितकुमार अग्रवाल हुन् ।







प्रतिक्रिया