
काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।







प्रतिक्रिया