परानले जित्यो छक्कापञ्जा १ लाई, अहिलेसम्म कति कमायो ?

525
Shares

काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को कीर्तिमान जोड्दै १६ करोडमाथिको व्यापार गरेको छ।

कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले १३ मंसिरसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कमाइ गरेको सिनेपाः बक्सअफिसले जनाएको छ।

एक महिनाको अवधिमा ‘परान’ ले ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गर्‍यो । यही कमाइसँगै ‘परान’ २०७९ पछि २०८२ सालसम्मको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । साथै, नेपाली फिल्मको इतिहासमा पनि सर्वकालिन छैटौं धेरै कमाउने फिल्मको सूचिमा पसेको छ।

फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ (१६ करोड १० लाख २२ हजार ३५० नेरु ग्रस) र ‘महाजात्रा’ (१५ करोड ६७ लाख ९९ हजार ६१४ नेरु ग्रस) को लाइफटाइम कमाइ उछिन्दै नयाँ कीर्तिमान स्थापित गरेको हो ।

हालसम्म ‘परान’ भन्दा धेरै कमाइ गर्ने फिल्ममा पूर्णबहादुरको सारंगी, कबड्डी ४, १२ गाउँ, छक्कापञ्जा ४ र जारी मात्र छन् ।

त्यस्तै, चौथो हप्तामा प्रदर्शनमा रहेको ‘जारी २’ ले २ लाख ६ हजार २३९ टिकट बिक्री गर्दै ६ करोड १९ लाख ३५ हजार ८५३ रुपैयाँ कमाइ गरेको छ। ‘जारी’सँगै प्रदर्शनमा आएको ‘मनबिनाको धन’ ले १ लाख ४३ हजार ३३५ टिकट बिक्री गर्दै ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ कमाइ गरेको छ।

अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले पनि बलियो व्यापार गरिरहेको छ। फिल्मले ३ लाख ९० हजार ९०४ टिकट बिक्री गर्दै १२ करोड २३ लाख ५२ हजार ३१५ रुपैयाँ ग्रस कमाइ दर्ता गरेको छ।

Skip This