
काठमाडौं । जेनजी आन्दोलनमा लुटिएको प्रहरीको हतियार देखाइ फुड डेलिभरी गर्नेलाई लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । उनीहरूले रातको समयमा काठमाडौंको बागबजागरमा भोज डिलको खाना डेलिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाइ नगद तथा जिन्सी लुटपाट गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरू बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
निकेश विकसहित अन्य तीनजनालाई पक्राउ गरेर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार मकवानपुर बागमती गाउँपालिका ७ घर भइ हाल बागबजार बस्ने २५ वर्षीय निशेक विक , बाग्लुङ ढोरपाटजन नगरपालिका ३ घर भइ हाल भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैह्रे र मकवानपुर बागमती गाउँपालिका ७ घर भइ हाल बागबजार बस्ने २५ वर्षीय सुरज विक पक्राउ परेका हुन् । उनीहरूको साथबाट सीएप ९८-९ ००१०४००८२३६ नम्बरको पेस्तोल १ थान, म्याग्जिन १ र टाइप ५४५५०१११३३ नम्बरको पेस्तोल १ थान सहित पक्राउ परेका छन् ।
निकेश विक भने यसअघि २०८१ माघ ११ गते सीआइबीमा ख्याम नारायण सापकोटाको जाहेरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका थिए । त्यसैगरी, सोही वर्ष भदौँ ५ गते इलाका प्रहरी गौशाला महोत्तरीमा पेश भएको पुनम देवीको जाहेरीले चोरी सम्बन्धी कसुर मुद्दामा फरार रहेका थिए ।








प्रतिक्रिया