
काठमाडौं । सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २०.५६ अंकले घटेर २४४४.५९ को बिन्दुमा बन्द भएको छ । बुधबार बजार परिसूचकमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ ।
नेप्सेमा बुधबार कुल ३ अर्ब ८४ करोड ८६ लाख रुपैयाँको कारोबार हुँदा एनआएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ४० करोड ३५ लाखको कारोबार भएको छ । यस्तै राधि विद्युत कम्पनीको २२ करोड १४ लाख रुपैयाँ र साहस उर्जा कम्पनीको १४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार नेप्सेमा उत्पादनमुलक उपसूचक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमुलक उपसूचक ०.२३ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक सर्वाधिक २.३५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३३ प्रतिशतले गिरावट भएको छ भने जिवन बीमा र लगानी उपसूचक ०.९९ प्रतिशतले गिरावट भएको छ ।
बुधबार नेप्सेमा कुल २५४ सुचिकृत कम्पनीको सेयर किनबेच हुँदा १९८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४९ कम्पनीको सेयरमूल्य बढ्दा ७ कम्पनीको स्थिर छ । भुगोल इनर्जी कम्पनी सहित नयाँ सुचिकृत कम्पनी सागर डिष्टिलरीको सेयरमूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै बुङ्गाल हाइड्रोपावर र बन्दिपुर केवलकारको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यता दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य ८.७२ प्रतिशतले गिरावट हुँदा मालिबुङ इनर्जीको ८.२१ प्रतिशत र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य ४.५७ प्रतिशतले गिरावट भएको हो ।







प्रतिक्रिया