ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रो पार्टीमा आउँछन्ः प्रचण्ड

126
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने भन्दै उनले एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने दाबी गरे ।

नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको उनको भनाइ छ।
‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,’ उनले भने ।

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरु एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् ।