सप्तकोशी सिमेन्टले लाभांश दिने, आईपीओ जारी गर्ने निर्णय

0
Shares

काठमाडौं । ‘पूर्वाञ्चलको गौरव’ भनेर चिनिने ‘सप्तकोशी ब्राण्ड’ को सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।

सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ ।

“सप्तकोशी ब्राण्ड” अन्तर्गत दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित रहेको छ। कम्पनीले उत्पादन गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै देशकै भरपर्दो सिमेन्ट ब्राण्डका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ ।