
काठमाडौं । सन् २०१९ मा डेब्यु गरेयता हुन्याई भेन्युले कम्याप्ट एसयूभी सेग्मेन्टलाई पुनःपरिभाषित गरेको छ । स्मार्ट डिजाइन, एडभान्स्ड कनेक्टिभिटी र उच्चतम सुरक्षाका कारण भेन्युले दैनिक उपयोगितामा नयाँ आयाम ल्याएको छ ।
७ लाख परिवारले यो कम्प्याक्ट एसयूभी भेन्युलाई विश्वासको प्रतीक बनाएका छन् ।
भेन्युको सफलतामा नयाँ खुड्किलोस्वरूप भारतमा हुन्डाईले अल न्यु भेन्यु सार्वजनिक गरिसकेको छ । हप्तौंदेखि जारी टिजर र झलकहरूपछि हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको सन् २०२५ को हुन्डाई भेन्यु केही दिनअघिमात्र सार्वजनिक गरेको हो ।
नयाँ भेन्यु पुनेस्थित हुन्डाईको नयाँ प्लान्टमा बनेको पहिलो गाडि हो । हुन्डाईले पुनेमा नयाँ स्टेट अफ आर्ट सुविधा बनाएको हो । अल न्यु हुन्डाई भेन्यु यही प्लान्टमा मात्र बन्नेछ । भारतमा बनेको, विश्वको लागि बनेको भन्ने नारासहित हुन्डाईले यहाँ बनाएको भेन्यु ३० देशमा निर्यात गर्ने बताएको छ ।
नयाँ भेन्युले सहरी मोबिलिटीलाई नयाँ परिचय दिनेछ । स्टाइल, इन्नोभेसन र टेक अप, गो बियोन्ड भन्ने मर्मसहित नयाँ भेन्यु हुन्डाईले बोल्ड डिजाइन, टेक रिच क्याबिन र परिस्कृत सुरक्षा दिएर पस्किएको छ । यो कारले अर्बन मोबिलिटीलाई नयाँ रूप दिने कम्पनीको दाबी छ ।
यसको सुरुवाती मूल्य भारतीय रुपैयाँ ७ लाख ९० हजार (एक्स–शोरुम) राखिएको छ । नयाँ भेन्यु आठ प्रकारका मोडेल र आठ रंगका विकल्पमा उपलब्ध छ, साथै तीन प्रकारका इन्जिन संयन्त्र विकल्पहरूसँग आएको छ ।
बाहिरी रूपमै हेर्दा सन् २०२५ को भेन्युलाई नयाँ अगाडिको र पछाडिको बम्पर, आकर्षक एलईडी फ्रन्टल्याम्प, नयाँ डे–टाइम रनिङ ल्याम्प, एलईडी ब्यालाइट, नयाँ ग्रिल, १७–इन्चका ड्युअल टोन ह्विल र पछाडिपट्टि बोल्ड अक्षरमा लेखिएको ‘भेन्यु’ जोडिएको कनेक्टेड एलईडी टेलल्याम्पले अझ आधुनिक बनाएको छ ।
यो कार हेजल ब्लु, मिस्टिक सफायर, एटलस ह्वाइट, टाइटन ग्रे, ड्र्यागन रेड, अबिस ब्ल्याक र दुईवटा डुअल कलरहरू अबिस ब्यालक रूफसहितको हेजल ब्लु र अबिस ब्यालक रूफसहितको एटलस ह्वाइट रङमा उपलब्ध छ ।
भेन्युको इन्टेरियर नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्ड डिजाइनमा दुईवटा १२.३–इन्चका डिजिटल क्लस्टर दिइएको छ । नयाँ सेन्टर कन्सोल डिजाइन, थ्री प्वाइन्ट सिटबेल्ट, फ्रन्ट रो भेन्टिलेटेड सिटले गाडिको इन्टेरियरलाई थप आरामदायी र आधुनिक बनाएका छन् ।
प्रविधिप्रेमी प्रयोगकर्ताहरूका लागि लेभल टु एड्भान्स्ड ड्राइभर असिस्ट सिस्टम (एडीएएस), ब्लुलिंक कनेक्टिभिटी, ओभर–द–एयर अपडेट / एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता सुविधा दिइएको छ ।
अन्य प्रमुख विशेषताहरूमा ड्राइभ र सडकअनुसार चलाउने मोड, छ वटा एयरब्याग, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड–स्पट मोनिटर र इलेक्ट्रिक सनरूफ पनि समावेश छन् । नयाँ भेन्यु आठ भिन्न भेरियन्टहरू एचएक्स–२, एचएक्स–४, एचएक्स–५, एचएक्स–६, एचएक्स–६टी, एचएक्स–७, एचएक्स–८, र एचएक्स–१० मा उपलब्ध छ ।
हुन्डाईका अनुसार भेन्यु १.२ लिटर पेट्रोल, १ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।
जसअनुसार ११९७ सीसीको कप्पा १.२ पट्रोल इन्जिनले ६१ किलोवाटको अधिकतम पावर र ११४.७ एनएमएको टर्क पैदा गर्छ । फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको यो इन्जिन पाँच भिन्न भेरियन्टमा पाउन सकिन्छ ।
यसैगरी ९९८ सीसीको कप्पा १.० टर्बो पेट्रोल इन्जिनले ८८.३ किलोवाटको अधिकतम पावर र १७२ एनएमएको टर्क पैदा गर्छ । सिक्स स्पिड म्यानुअल ट्रान्समिसन रहेको यो इन्जिन ३ र र सेभेन स्पिड डुअल क्लच ट्रान्स्मिसन रहेको यो इन्जिन ४ भिन्न भेरियन्टमा पाउन सकिन्छ ।
यस्तै १४८३ सीसीको यू२ १.५ डिजेल इन्जिनले ८५ किलोवाटको अधिकतम पावर र २५० एनएमएको टर्क पैदा गर्छ । सिक्स स्पिड म्यानुअल ट्रान्समिसन रहेको यो इन्जिन ३ र र सिक्स स्पिड अटो ट्रान्स्मिसन रहेको यो इन्जिन २ भिन्न भेरियन्टमा पाउन सकिन्छ ।








प्रतिक्रिया