जेनजी आन्दोलनपछि निजी क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असर परेको छ: श्रेष्ठ

28
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जेनजी आन्दोलनले निजी क्षेत्रमा गम्भीर मनोवैज्ञानिक असर परेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा शनिबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा श्रेष्ठले भएका उद्योग व्यवसाय कसरी चलाउने र अर्थतन्त्रमा कसरी योगदान दिन भन्नेमा निजी क्षेत्र तल्लीन रहेको बताए ।

लयमा आइसकेको अर्थतन्त्र बिथोलिएको भन्दै उनले आर्थिक वृद्धि घट्ने अनुमान गरिएको जनाए ।

पछिल्लो घटनाक्रममाले लगानीको वातावारणमा अनिश्चितता थपेको उनको भनाइ छ ।

‘तर, हामी निराश छैनौं । संकट जहाँ छ अवसर पनि हुन्छ । सुशासन कायम गर्न सकेमात्र जेनजी पुस्ताले खोजेको आर्थिक समृद्धिको जग बसाल्न सकिन्छ,’ उनले भने, ‘ध्वस्त भएका संरचना बनाउन पुनस्र्थापना कोष निर्माण गरिनुपर्छ ।ु

शान्ति, स्थायित्वका र समृद्धिका लागि सहकार्य नाराका साथ महासंघले बहस चलाएको हो ।

महासंघले दोस्रोपल्ट आर्थिक बहस गरेको हो । यसअघि कोरोना महामारीपछि यस्तै बहस चलाएको हो । सो बहसमार्फत् महासंघले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको थियो ।