जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालयमा लुटपाट गर्ने ३ जना पक्राउ

182
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको तोडफोड र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा शीतल निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध चोरी र आपराधिक उपद्रवको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग हुने प्रिन्टर, वाईफाई राउटरलगायतका सामान बरामद गरिएको छ ।