
काठमाडौं । एभरेष्ट बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको बुधबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले सेयरधनीका लागि ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी आव २०८२/८३ का लागि जीपी राजबाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।







प्रतिक्रिया