
एजेन्सी । जमैकामा आएको मेलिसा आँधीका कारण तीनजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनतालाई अत्यधिक सतर्क रहन आग्रह गरेको छ । छतमा चढ्न, बालुवाको बोराहरूका पछाडि लुक्न र रुख काट्न पनि उसले सुझाव दिएको छ । आँधी र्आको बेलामा सानो गल्ती हुँदा पनि गम्भीर चोटपटक लाग्ने वा मृत्यु हुने हुन्छ ।
जमैकामा स्वास्थ्य केन्द्र बन्द छन् भने अस्पतालहरू खुला छन् ।
केही दिनअघिबाट नै जमैकावासीहरूले मेलिसा आँधीका लागि तयारी गरिरहेका थिए । भूउपग्रहीय तस्बिरमा आँधीको शक्ति बढिरहेको र टापुमा आउन लागेको देखिएको थियो ।
अहिलेसम्मकै सबभन्दा शक्तिशाली आँधीले जमैकामा विनाश गर्ने देखिएको छ ।
२७० किलोमिटर प्रतिघन्टाको गतिमा हावाले जमैकाको तटमा प्रहार गर्न थालेको छ ।
जमैकामा केही दिनभित्रै १०२ सेन्टीमिटर वर्षा हुने डर छ । त्यसले बाढी पहिरो ल्याउने सम्भावना छ ।
आँधीको पूर्ण प्रहार हुनअघि जमैका सरकारले पोर्ट रोयल शहर लगायतका क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
हजारौं मानिस अहिले सरकारले बनाएको आश्रयस्थलमा बसिरहेका छन् । तर, कतिपयले घर छोड्न मानिरहेका छैनन् ।
सुस्त गतिमा अघि बढिरहेको आँधी खतरनाक भएकाले दुर्गम क्षेत्रका समुदायहरू पूर्ण रूपमा एक्लिने जोखिम बढेको छ ।








प्रतिक्रिया