
एजेन्सी । पश्चिमी टर्कीमा सोमबार राति ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण पहिल्यै क्षतिग्रस्त भएका कम्तीमा तीन भवन भत्किएको अधिकारीहरूले जनाएका छन् । हालसम्म कुनै मृत्युको खबर आएको छैन ।
टर्कीको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्पको केन्द्र बालिकेसिर प्रान्तको सिन्डिरगी शहर थियो । भूकम्प स्थानीय समय अनुसार राति १०ः४८ बजे करिब ६ किलोमिटर गहिराइमा आएको थियो ।
भूकम्पपछि धेरै परकम्पहरू आएका थिए र यसलाई इस्तानबुलका साथै नजिकका बुर्सा, मानिसा र इज्मिर प्रान्तहरूमा समेत महसुस गरिएको थियो ।
गृहमन्त्री अली यरलिकायाका अनुसार, तीन खाली भवन र दुईतले पसल सिन्डिरगीमा भत्किएका छन् । यी संरचनाहरू पहिलेको भूकम्पमा क्षतिग्रस्त भइसकेका थिए ।
बालिकेसिरका गभर्नर इस्माइल उस्ताओग्लूका अनुसार, २२ जना घाइते भएका छन् । तीमध्ये अधिकांश डराएर हतारमा लड्दा वा भाग्दा घाइते भएका हुन् । भूकम्पका बेला यस्तो घटना सामान्य रूपमा देखिने उनको भनाइ छ ।
‘अहिलेसम्म कुनै हताहतीको खबर छैन तर मूल्यांकन कार्य जारी छ,’ सिन्डिरगीका प्रशासक डोगुकान कोयुनचूले अनादोलु समाचार एजेन्सीलाई बताए ।
हाबर्टर्क टेलिभिजनका अनुसार धेरै बासिन्दा डरका कारण घर फर्किन नमानेर बाहिरै बसेका थिए ।
गभर्नर उस्ताओग्लूले मस्जिद, विद्यालय र खेलकुद हलहरू खुला राखिएको जनाए । मानिसहरू परकम्पको डरले घर फर्कन नचाहेमा त्यहाँ आश्रय लिन सकून् भनी तिनलाई खोलिएको उनको भनाइ छ ।
टर्की मुख्य भूकम्पीय फल्टलाइनहरूमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प आउने गर्छ ।
सन् २०२३ मा आएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा टर्कीका ११ दक्षिणी र दक्षिणपूर्वी प्रान्तमा ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र हजारौं भवन ध्वस्त वा क्षतिग्रस्त भएका थिए ।
@trtworld A 6.1-magnitude earthquake struck Türkiye’s town of Sindirgi in Balikesir province late Monday, with tremors felt in Istanbul, Izmir and Bursa, according to the Disaster and Emergency Management Presidency, AFAD. The quake hit at 10.48 pm local time. Authorities have not reported any casualties.
♬ original sound – TRT World








प्रतिक्रिया