
एजेन्सी । एयर इन्डियाका लागि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने एअर इन्डिया एसएटीएसको बसमा मंगलबार आगलागी भएको छ ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ स्थित बे नम्बर ३२ नजिक आगलागी भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
घटना विमानबाट केही इन्च टाढा मात्र भएको थियो तर त्यतिबेला विमानमा कुनै पनि यात्रु सवार थिएनन् ।
आगलागी छिट्टै नियन्त्रणमा ल्याइएको र कुनै व्यक्ति घाइते नभएको तथा वरपरका विमानमा पनि क्षति नभएको पुष्टि गरिएको छ ।
एसएटीएसले एयर इन्डियासहित धेरै एयरलाइन्सका ग्राउन्ड अपरेशनको व्यवस्थापन गर्छ । बस खाली अवस्थामा हुँदा आगो लागेको उसले बतायो ।
विमानस्थल प्राधिकरणले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।








प्रतिक्रिया