
काठमाडौं । रियलमी ब्रान्डको मोबाइलफोन बेच्ने जगदम्बा मोबाइलको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले घटेको हो।
सन् २०२४ मा २ अर्ब ६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो।
सन् २०११ मा स्थापना भएको कम्पनी शंकर ग्रुपद्वारा सञ्चालित कम्पनी हो । कम्पनी रियलमी स्मार्टफोन र सामग्रीको आधिकारिक विक्रेता हो । कम्पनीले चीनको मोबाइल टेलिकम्यूनिकेशन प्रालिले उत्पादन गरेको स्मार्टफोन र सामान आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको छ।
त्यसैगरी, कम्पनीले सफारी लगेज र बोल्ट अडियो डिभाइस बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा सुलभ अग्रवालको पूर्ण स्वामित्व छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले सन् २०२५ मा नाफा कमाउन नसकेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ४.२० प्रतिशत र सन् २०२३ मा ५.०४ प्रतिशत नाफा कमाएको थियो ।
नेपालको मोबाइलफोन आयातमा रियलमी ब्रान्डको ७ प्रतिशत हिस्सा ओगटेको छ । गत आवमा व्यापार घट्नुमा आयातमा देखिएको परिवर्तन भएको कम्पनीले जनाएको छ । अहिले रियलमी ब्रान्डको स्मार्टफोन भारतबाट चीनमा उत्पादान आयातको स्थानान्तरणले गर्दा बिक्रीमा कमी आएको जनाएको छ ।







प्रतिक्रिया