मधेस प्रदेशका मुख्यमन्त्री सोनलसहित तीन मन्त्रीले लिए शपथ

0
Shares

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल र दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलसँगै जनमत पार्टीका महेश यादव र नेकपा (एस) का कनिश पटेल बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् । शपथ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गराएकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल बुधबार पाँच दल- जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, र नेकपा एकीकृत समाजवादीका ५६ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको एक सदस्यले पनि समर्थन दिएको थियो ।

तर, जनमत पार्टीका १३ जना सदस्य मध्ये निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनस्वराज पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस, एमाले र जनमतका नेताहरूले प्रदेश प्रमुखको निर्णयको विरोध गर्दै ५८ सदस्यको संयुक्त समर्थन दाबी पेश गरेका थिए, तर यसलाई बेवास्ता गरिएको आरोप उनीहरूले लगाएका छन् ।