२०७७ सालदेखि हौसिएको सेयर बजारमा अहिले कति लगानीकर्ता होलान् ? (भिडियो)

154
Shares

काठमाडौं । पछिल्लो ५ वर्षमा सेयर बजारले अपत्यारिलो रुपमा छलाङ मारेको छ । आर्थिक वर्ष २०७६/७७ मा मेरो सेयर खाता खोल्नेको संख्या ७ लाख ४२ हजार ५८० थियो । तर अहिले ६१ लाख ८३ हजार ५२२ पुगेको छ ।

२०७६/७७ देखि हौसिन थालेको बजारमा ०७६/७७मा १७ लाख ५३ हजारले डिम्याट खाता खोलेका थिए । २०८२ असोज दोस्रो सातासम्म आइपुग्दा ७१ लाख ७ हजार १३० जनाले डिम्याट खाता खोलिएको छ ।

अनलाइन युजरनेम लिनेको संख्या पनि आव ०७६/७७मा ३५ हजार ११९ थियो । आव २०८१/८२ मा आइपुग्दा २६ लाख माथि पुगेको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ५८ लाख २३ हजार रहेकोमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको थियो । यसबाट बढेर गत आर्थिक वर्ष २०८१/८२ सम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ६८ लाख ६५ हजार पुग्यो ।

त्यस्तै २०७९/८० को अन्त्यमा मेरो सेयर खाता लिनेको संख्या ४७ लाख ४१ हजार ५५ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा उक्त संख्या बढेर ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो ।

यसबाट थप बढ्दै गत आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा उक्त संख्या बढेर ५९ लाख ३३ हजार ७ सय भन्दा बढी पुग्यो ।

धितोपत्रको दोस्रो बजारमा अनलाइन लगइन लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि हुँदै आएको छ । २०७९/८० को अन्त्यसम्म अनलाइन युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो ।

२०८०/८१ को अन्त्यसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ रहेकोमा गत आव २०८१/८२ को जेठ मसान्तसम्म उक्त संख्या २६ लाख ३३ हजार ५ सय १० पुगेको थियो ।

खासगरी, आव २०७७/७८ बाट धितोपत्र बजारमा बढ्न थालेको नागरिकको सहभागिता निरन्तर उकालो लाग्दो क्रममा छ ।

धितोपत्र बजार लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या आव २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या बढी ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । आव २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेको थियो ।

मेरो सेयर खाता २०७७ असारमा करिब ७ लाखको संख्या रहेकोमा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुग्यो । २०७९/८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको मेरो सेयर खाता संख्या आव २०८०/८१ मा ५३ लाख बढी पुगेको थियो ।

धितोपत्रको दोस्रो बजारमा अनलाइन लगइन लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि आएको छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजारमा अनलाइन लगइन लिने लगानीकर्ताको संख्या करिब ३५ हजार रहेकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ पुगेको थियो ।

आव २०७८/७९ को अन्त्यमा सो लिने लगानीकर्ताहरूको संख्या १४ लाख ८५ हजार ४ सय ६० र आव २०७९/८० को अन्त्यसम्म उक्त १७ लाख ६३ हजार ३०१ रहेको थियो ।

आव २०८१/८२ को असार २० सम्म ६४ संस्थालाई ५९ अर्ब ८४ करोड ९५ लाख रकम बराबरको निष्काशन स्वीकृत प्रदान गरिएको छ । जसमा साधारण सेयर निष्काशनतर्फ १४ संस्थालाई ३ अर्ब ८३ करोड २२ लाख रकम बराबरको तथा हकप्रद तर्फ १७ संस्थालाई १५ अर्ब ४१ करोड रकम बराबरको निष्काशन अनुमति प्रदान गरिएको छ भने थप निष्काशन तर्फ चार संस्थालाई १० करोड ७३ लाख रकम बराबरको निष्काशन अनुमति प्रदान भएको छ ।

त्यसैगरी ९ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रकम बराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरिएको छ भने अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रकम बराबरको सामूहिक लगानी योजना निष्काशन अनुमति प्रदान गरिएको छ । यसरी, सार्वजनिक निष्कासन भइरहँदा धितोपत्र बजारमा लगानीकर्ता थप बढी आकर्षित भएको देखिन्छ ।

२०८२ वैशाख १५ गतेसम्मको तथ्यांक हेर्दा पुँजी बजारमा दोस्रो बजार सञ्चालकको रूपमा अधिकांश सरकारी स्वामित्वको नेप्से, सिडिएससि, २७० सूचीकृत कम्पनी, ३१ मर्चेन्ट बैंकर, २२ सामूहिक लगानी योजना व्यवस्थापक, ९० धितोपत्र दलाल व्यवसायी, ११९ निक्षेप सदस्य, ४३ सि–आस्बा सेवा प्रदायक, १५० योग्य संस्थागत लगानीकर्ता, तीन क्रेडिट रेटिङ सेवा प्रदायक संस्था, दुई धितोपत्र व्यापारी, १३ विशिष्टीकृत लगानी कोष गरी कुल ७४५ संस्थाको उपस्थिति रहेको छ ।