मल्टी केयर सर्जिकलले नयाँ औषधि उद्योग खोल्दै, एक वर्षमा कतिको गर्‍यो व्यापार?

133
Shares

काठमाडौं । मल्टी केयर सर्जिकल प्रालिले एकै वर्ष २६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ११ करोड र सन् २०२३ मा २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा स्थापना भएको कम्पनीले सन् २०२२ देखि व्यवसायिक कारोबार गरेको छ ।

सृजनकुमार भट्टराई अध्यक्ष रहेको कम्पनीले विशेषगरी डिस्पोजेबल सुई र ब्लड कलेक्सन ट्यूबबाट उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ९.३४ प्रतिशत खुद नाफा कमाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले थप नयाँ औषधि उत्पादन उद्योग निर्माण गरिरहेको छ । कम्पनीले ४० करोड ९० लाख रुपैयाँ लागतमा नयाँ औषधि उत्पादन उद्योग निर्माण गरिरहेको जनाएको छ । कम्पनीले उक्त उद्योगको निर्माणका लागि ७५:२५ अनुपातमा लगानी गर्ने भएको छ ।
निर्माण भइरहेको औषधि उद्योगबाट सर्जिकल ग्लोभ्स, सर्जिकल हाइपोदर्मिक निडल, युरिन कन्टेनर, आइभी सेट आदि उत्पादन गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीकाअनुसार निर्माण भइरहेको उद्योग आगामी सन् २०२७ को जुलाईबाट सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ । हाल सञ्चालनमा रहेको औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारत र आन्तरिक बजारबाट खपत गर्ने गरेको रेटिङमा उल्लेख गरेको छ ।