
काठमाडौं । एक दशक अगाडि नै निर्माण भई सञ्चालन भइरहेको १ हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनसँगै सो क्षेत्रका स्थानीयहरु लाभान्वित भएका छन् । बर्लियाको राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण रुपमा नदी तर्न नाउ, डुंगा प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
यो पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरिएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल २०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा निकै तीब्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा ९ महिना अगावै २०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।
एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकामा स्थानीय खुसी भएका छन् ।
सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ । पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन् ।







प्रतिक्रिया