तोलाको २५ सय रुपैयाँले बढ्दै सुनको भाउले तोड्यो रेकर्ड, आजको मूल्य कति ?

2.4k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार तोलाको २५ सय रुपैयाँले बढ्दै सुन हालसम्मकै महँगो भएको हो ।

सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो ।

सुनको मूल्य बढ्दा सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २९ सय ३० रुपैयाँ पुगेको छ ।