
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजीबजार सुधार सुझाव कार्यदलले धितोपत्र बजार सञ्चालन र नियमन गर्न छुट्टाछुट्टै विशिष्टीकृत ऐन ल्याउन सुझाव सदिएको छ ।
कर्यादलले पुँजीबजार सुधारका दीर्घकालीन सुझावमा बजार सञ्चालन र नियममन गर्न फरक फरक ऐन चाहिने बताएको हो ।
यस्तै वित्तीय क्षेत्र सम्बन्धी ट्रष्टी ऐन, धितोपत्र सम्बन्धी कसुर तथा सजाय सम्बन्धी नियमावली, लगानी परामर्श, सोध विश्लेषक सम्बन्धी कानूनी व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रणनीतिक साझेदार भित्र्याई पुनर्संरचना गर्न कार्यदलले सुझाव दिएको छ । कार्यदलले नयाँ स्टक एक्सचेञ्जको विषयमा भने केही बोलेको छैन । नेप्सेमा अन्तर्राष्ट्रय मापदण्ड बमोजिमको कारोबार प्रणाली भित्र्याउन समेत सुझाव दिएको छ ।
कार्यदलले नेप्सेमा नयाँ औजारहरुका रुपमा कारोबार गर्नेगरी नेपालको धितोपत्र बजारमा ‘इन्ट्राडे’, ‘सर्ट सेलिङ’, इक्वीटी डेरिभेटीभ्स, सेक्युरीटी ल्यान्डिङ एण्ड बरोइङलाई भित्र्याउन आवश्यक नीतिगत, संस्थागत तथा प्रणालीगत व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो ।
यस्तै सरकारी तथा संस्थागत ऋणपत्र कारोबार गर्ने सम्बन्धमा नीतिगत तथा प्रणालीगत व्यवस्था गर्न पनि कार्यदलले सुझाव दिएको छ।
संगठित संस्थाहरूले जारी गर्ने हकप्रद सेयरको सम्बन्धमा राइट रिनाउन्स ट्रेडिङ सम्बन्धी विनियम तयार गरी लागू गर्ने, जीवन बिमकले निर्जीवन बिमक र निर्जीवन बिमकले जीवन बिमकको सेयर खरिद गर्न नपाउने हालको व्यवस्था हटाउन बीमा ऐनमा संशोधन गर्ने ।







प्रतिक्रिया