
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आन्दोलन जारी रहेको बताएका छन्।
बिहीबार नेप्सेका कर्मचारीले हातमा बिरोधस्वरुप कालोपट्टी बाँधेका छन् भने भित्तामा आन्दोलन जारी रहेको पम्प्लेट टाँसेका छन् ।
उनीहरुले ‘हाम्रो आन्दोलन जारी छ, अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणी चापागाईं’ लेखेर भित्तामा टाँसेका छन् । उनीहरुले टाँसेको पम्प्लेटमा नेप्से कर्मचारी संघ लेखिएको छ ।
नेप्सेको सञ्चालक समितिले श्रम अदातलको आदेश विपरित निर्णय गरेको भन्दै कर्मचारीहरु केही दिन यता आन्दोलनमा छन् ।
मंगलबार राति मात्रै कर्मचारीले कार्यालमा थुनेर राखेपछि नेप्सेका अध्यक्ष, सीईओसहितका उच्च तहका पदाधिकारीलाई मध्य रातमा प्रहरीले उद्धार गरेको थियो ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरूले नेप्सेका अध्यक्ष, सीईओ र कम्पनी सचिव सहितका पदाधिकारीलाई मध्य रातसम्म कार्यालयमै थुनेर राखेपछि प्रहरीले उद्धार गरेको थियो ।
राति १ बजे नेपाल प्रहरीले रेस्क्यु गरेर उनीहरूलाई घर पुर्याएको थियो । नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो ।
तर, श्रम अदालतको आदेश विपरित नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि आन्दोलित हुन बाध्य भएको उनीहरू बताउँछन् ।







प्रतिक्रिया