
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य सुरु गरेको छ ।
तीन वर्ष देखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।
जसअन्तर्गत अहिलेसम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैंअघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।
यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडि बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।



तस्बिर:सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।







प्रतिक्रिया