सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

427
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँमा पुगेको छ । यसअघि हिजो सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ थियो।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढ्दै दुई लाख १६ हजारमा पुगेको थियो । त्यसपछि भदौ ३१ गते प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँसम्म पुगे पनि केही घटेको थियो । तर आज फेरि सुनको मूल्य इतिहासमै उच्च भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ । आज प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।