ग्रीन भेन्चर्सले एक वर्षमा गर्‍यो १ अर्ब ६४ करोडको व्यापार

196
Shares

काठमाडौं । विशाल ग्रुप अफ कम्पनीज र त्रिवेणी ग्रुप अफ कम्पनीजको संयुक्त लगानी रहेको ग्रीन भेन्चर्सले गत आर्थिक वर्षको १ अर्ब ६४ करोड रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । सन् २०२१ बाट व्यवसायिक कारोबार गरेको कम्पनीले गत आवमा उच्च व्यापार गरेको हो ।

दुई ठूला घरानाको लगानी रहेको कम्पनीले ओखलढुङ्गा र रामेछाप जिल्लामा लिखु जलविद्युत आयोजना निर्माण गरी कारोबार गर्दै आएको छ । कम्पनीले ५२.४ मेगावाटको विद्युत उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ५६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार गत आवमा ११ प्रतिशतले व्यापार बढेको छ । गत आवमा आयोजनाबाट निरन्तर कारोबारका साथै प्लान्ट लोड फ्याक्टरमा सुधार हुँदा व्यापार बढेको जनाएको छ । सन् २०२४ मा भने ३३ दिन प्लान्ट बन्द भएको थियो । कम्पनीले प्लान्टमा टनेल र विद्युतीय सामग्रीको आकस्मिक मर्मत गर्नुपर्ने भएकाले ३३ दिन बन्द गरेको थियो ।

सन् २०२२ मा ५०.३८ प्रतिशत क्षमतामा प्लान्ट लोड फ्याक्टर सञ्चालन भएको थियो । त्यस्तै सन् २०२३ मा ६२.५७ प्रतिशत, सन् २०२४ मा ५६.६३ प्रतिशत र सन् २०२५ मा ६२.४१ प्रतिशत क्षमतामा सञ्चालन भएको थियो ।

कम्पनीले गत आवमा २३.७६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ९.०६ प्रतिशत र सन् २०२३ मा १९.८९ प्रतिशत खुद नाफा कमाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ७९ करोड ५१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सन् २००४ मा स्थापना भएको कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।