दशैंले चाप थपिएको वायुसेवालाई सडकमार्ग अवरुद्धले थप भ्याइनभ्याइ, भरतपुर जान आउन छैन टिकेट

385
Shares


काठमाडौं । दशैंले चाप थपिएको वायुसेवालाई सडकमार्ग अवरुद्धले थप भ्याइनभ्याइ भइरहेको छ । दुई दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अवरुद्धले यात्रुलाई सास्ती भइरहेको छ भने आकासमार्गबाट यात्रा गर्नहरुको चाप पनि उत्तिकै बढेको छ ।

अधिकांश गन्तव्यमा करिब पूर्ण अपुपेन्सीमा उडिरहेका वायुसेवालाई दशैंले गर्दा चाप बढेको छ । काठमाडौंबाट दशैं मनाउन बाहिर जाने, कामविशेषले यात्रा गर्ने यात्रुका कारण वायुसेवा कम्पनीलाई चाप बढेको हो ।

काठमाडौंबाट चितवनको भरतपुरमा बुध्द एयरले दैनिक ५ वटा उडान गर्छ । यो गन्तव्यमा बुध्दले एटीआर ७२ जहाज उडान गर्न थालेको भए पनि यात्रु चाप उत्तिकै छ । एटीआर ४७ र ७२ दुबै जहाजबाट उडान भइरहेको भए पनि दशैंका कारण यात्रु व्यवस्थापन मिलाउन हम्मे परेको थियो भने सडक अवरुद्धले टिकटै नपाउने अवस्था सिर्जना भएको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनका अनुसार यो गन्तव्य बाहेक भैरहवामा पनि चाप बढेको छ । भैरहवा भएर पश्चिम जाने यात्रुले सहजता खोजेको, दशैंले चाप बढिरहेकै बेला बाटो अवरुद्धले थप चाप बढेको पनि सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

काठमाडौंबाट भैरहवा उडानमा भने यति एयरलाइन्स, बुध्द एयर, श्री एयरलाइन्सले उडान गर्छन् । यो गन्तव्यमा जान यात्रुले न्यूनतम ६२ सय तिर्नुपर्छ । यात्रुको चाप बढ्दे जाँदा वायुसेवा कम्पनीले ६ हजार ४ सय, ६ हजार ५ सय, ६ हजार ७ सय, ६ हजार ८ सय, ७ हजार गर्दै हवाई भाडा ८ हजार ४५५ रुपैयाँसम्म लिने गरेको छन् ।

आन्तरिक वायुसेवा कम्पनीलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको अधिकमत भाडादरभन्दा बढी नहुने गरी हवाईभाडा तय गर्ने गरेका छन् । प्राधिकरणले तोकेको अधिकम सीमाको हवाई भाडामा वायुसेवा कम्पनीले इन्धनको शुल्क र विमानस्थल सेवा शुल्क जोडन पाउँछन् । विमानस्थल सेवा शुल्क ५ सय रुपैयाँसम्मले टिकेटमा थप हुन्छ ।

काठमाडौंबाट बाहिरिने यात्रुका लागि सुर्खेत र तुम्लिङटार पनि थप व्यवस्थापन मिलाउन गाह्रो गन्तव्यमा हो । यो दुबै गन्तव्यमा बुध्द एयरको मात्रै उडान छ । बुध्दले तुम्लिङटार दैकि एक उयडान गर्छ भने सुर्खेतको लागि दैनिक ३ वटा उडान गर्दै खाएको छ । सुर्खेतको हवाई भाडा ११ हजार ३ सय, १२ हजार १ सय, १८ हजार ८५० हुने गरी वायुसेवा कम्पनीले तय गरेका छन् ।

दशैंका बेला एकतर्फी यात्रु हुने भएकोले सामान्य समयको तुलनामा हवाई भाडा महंगो पर्ने आन्तरिक वायुसेवा कम्पनीको भनाइ छ । जसका कारण वायुसेवा कम्पनीले सामान्य समयमा दिने सस्तो हवाई भाडा यो बेला बन्द गर्ने र अधिकतमसम्म लिने गरेकोले पनि अरु बेला भन्दा दशैंको समयमा हवाई भाडा महंगो पर्न गएको हो । तर, वायुसेवा कम्पनीलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको अधिकमतम भाडाको सीमाभित्रै रहेर सेवा दिने गरेको दाबी सम्बन्धित वायुेवा कम्पनीको भनाइ छ ।